Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

देशका यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

देशका यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

  • काठमाडौं । शुक्रबार हाल देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी परिरहेको छ ।

    images
    images
    images

    हाल देशमा बंगालको खाडीमा रहेको यास पश्चिम उत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। यस्तै धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । यस्तै देशका प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    यस्तै उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका एक दुई स्थानमा ठुलो हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। देश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij