काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि सातामा एकदिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनैपनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।