Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

' मेरो देशले मेरो रक्षा गर्न सक्दैन' : निता ढुङ्गाना

' मेरो देशले मेरो रक्षा गर्न सक्दैन' : निता ढुङ्गाना

  • काठमाडौं । अभिनेत्री निता ढुङ्गानाले म किन यो देशमा जन्मिएँ होला भन्दै आफैलाई प्रश्न गरेकी छिन् ।

    images
    images
    images

    सोमबार उनका प्रेमी युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीका बुबा रामबहादुर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको थियो । हरिहरका बुबाको निधनमा दु:ख व्यक्त गर्दै निताले मंगलबार सामाजिक सञ्जालमा आफ्नो मनको भावना व्यक्त गरेकी हुन् ।

    सामाजिक सञ्जालमा निताले आज बल्ल देशले आफ्नो रक्षा गर्न नसक्ने आफुले थाहाँ पाएको बताएकी छिन् ।  

     उनले भनिन् -' मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो ।'  

    कोरोना संक्रमणको कठिन अवस्थामा पनि नेताहरु कुर्सीको लागि लडाई लडिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् - 'यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।'

    स्तो छ उनको स्टाटस :
    मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । 

    कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।

    सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् i miss you buwa

    यो पनि  पढ्नुहोस् :

    कलाकार हरिहर अधिकारीलाई पितृशोक

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij