
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । छिमेकी देश भारतमा बन्दी बनाइएका ५७ नेपालीहरुलाई उद्धार गरिएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतमा बन्दी बनाइएका ५७ जनालाई उद्धार गरिएको जानकारी दिएकी हुन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराएकी हुन् ।
उनका अनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।
उनले भनिन्, ‘भारतमा पनि बन्दी भएर हाम्रो भाइरहरु हुनुहुन्छ भनेर संसदमा साथिहरुले कुरा उठाउनु भएको छ । त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ । उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदुतावासले उद्धार गरेको म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । यस्ता समस्याहरु नेपाली नागरिकले प्रत्येक दिन भोगनुपर्ने समस्या हो ।’
उनले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij