Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पक्राउ

स्पा सेन्टरमा बालिकामाथि अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

स्पा सेन्टरमा बालिकामाथि अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपास्थित अरुणथापा चोकमा रहेको शुकल्प स्पा एण्ड थेरामीकी सञ्चालिका सुमन थापा मगर (सुमन कुमाल) मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी छन्।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार गोरखा जिल्ला शिरानचोक गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुरमा बसोबास गर्दै आएकी सञ्चालिका मगरले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारेर स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबर्जस्ती अनैतिक कार्य गराउने गरेको भन्ने सूचना प्राप्त भएको थियो।

    AGNI GROUP

    उक्त सूचनाका आधारमा प्रहरी टोली स्पा सेन्टरमा पुगेको थियो। प्रहरीले बालिकाको तत्काल उद्धार गरी सञ्चालिका मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।

    यस घटनामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट