Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

उद्योग वाणिज्य महासंघले भोलि अर्थमन्त्रीको उपस्थितिमा ‘नीति सम्वाद’ कार्यक्रम गर्ने

उद्योग वाणिज्य महासंघले भोलि अर्थमन्त्रीको उपस्थितिमा ‘नीति सम्वाद’ कार्यक्रम गर्ने

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले भोलि सङ्घीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा ‘नीति सम्वाद’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटका व्यवस्था र निजी क्षेत्रको चासोका विषयमा मन्थन गर्न महासंघले सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

    AGNI GROUP

    लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि महासंघका सम्पूर्ण सदस्य संघसंस्थाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको महासंघका निर्देशक केदार राज क्षेत्रीले जानकारी दिए । उनका अनुसार देशको वर्तमान आर्थिक परिदृश्य र नयाँ बजेटले निजी क्षेत्रमा पार्ने प्रभावबारे घनीभूत छलफल गर्न लागिएको हो ।

    बजेट सार्वजनिक भएपछि निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरूमाझ देखा परेका अस्पष्टता निवारण गर्न र व्यावसायिक वातावरण सुदृढ बनाउन अर्थमन्त्रीसँग सिधा संवाद गराउने उद्देश्यले महासंघले यो तदारुकता देखाएको बताइएको छ ।

    महासंघले निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरू, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष र कार्यकारिणी समिति सदस्यहरूलाई समेत उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गर्दै पत्रचार गरेको छ ।

    महासंघले उच्च प्राथमिकतामा राखेको यो कार्यक्रमबाट नयाँ बजेटका नीति तथा करका दरहरूमाथि निजी क्षेत्रको आधिकारिक धारणा तय गर्न र सरकारसँग सहकार्यका ढोकाहरू खोल्न सहज हुने अपेक्षा पनि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट