Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अमेरिकी सेनाले दुई इरानी ड्रोन खसालेको दाबी

अमेरिकी सेनाले दुई इरानी ड्रोन खसालेको दाबी

  • काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले मध्य–पूर्वमा तैनाथ अमेरिकी सुरक्षा बलहरूले आइतबार दुई इरानी ड्रोन खसालेको दाबी गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सेन्टकमले एक्समा लेखेको छ, “आज, मध्य–पूर्वमा तैनाथ अमेरिकी बलहरूले इरानका दुई एकतर्फी आक्रमण गर्ने ड्रोन खसाले। यी ड्रोनहरू होर्मुज स्ट्रेटमा अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बनिरहेका थिए।”

    AGNI GROUP

    अमेरिका र इरानबीच युद्धविराम लागू छ। दुवै देशका सेनाहरूले एक–अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्।

    यसअघि शनिबार बहराइन र कुवेतमा इरानतर्फबाट आक्रमण भएको खबर आएको थियो।

    इरानले यी आक्रमणहरू अमेरिकी रडार केन्द्रहरूमा भएको आक्रमणको जवाफमा गरिएको बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट