Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भारतमा ‘कक्रोज जनता पार्टी’को प्रदर्शन जारी

भारतमा ‘कक्रोज जनता पार्टी’को प्रदर्शन जारी

  • काठमाडौं । भारतको कक्रोज  जनता पार्टी (सीजेपी) पार्टीका संस्थापक अभिजित दीपकेले सरकारले आफूहरूले सामाजिक सञ्जाल गरेका पोस्ट मेटाउन सक्ने तर आफ्नो पार्टीलाई मेटाउन नसक्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    निट पेपर लिक र अन्य परीक्षामा भएका अनियमितता विरुद्ध कक्रोज पार्टीले आज भारतको राजधानी दिल्लीमा प्रदर्शन गरिरहेको छ। त्यसका लागि पार्टीका संस्थापक दीपके अमेरिकाबाट आजै भारत आइपुगेका थिए।

    AGNI GROUP

    विरोध प्रदर्शनमा सहभागी हुँदै उनले भने, ‘भारत आइपुग्नेबित्तिकै मलाई लाग्यो-यो मेरो स्वतन्त्रताको अन्तिम क्षण हो। सरकारले हाम्रा सामाजिक सञ्जालका पोस्ट मेटाउन सक्छ, तर हामीलाई मेटाउन सक्दैन।’

    अभिजितसँगै हजारौँ प्रदर्शनकारी विरोधमा सहभागी भइरहेका छन्। तीमध्ये धेरैजसो विद्यार्थी र युवा छन्। केही वृद्धवृद्धा पनि आफ्ना बालबच्चा लिएर प्रदर्शनमा सहभागी भएका छन्। कक्रोज पार्टी सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सञ्चालन गरेर उदाएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट