Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

फिल्म ‘डमरुको डण्डिवियो’ निशुल्क हेर्न मिल्ने

फिल्म ‘डमरुको डण्डिवियो’ निशुल्क हेर्न मिल्ने

  • काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डिवियो’ सबैले फ्रिमा हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा रहेका दर्शकलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सिनेमा घर एपमा निशुल्क उपलब्ध गराइएको हो ।

    images
    images
    images

    स्व।निर्देशक छेतेन गुरुङ्ग निर्देशित फिल्म केही वर्ष अगाडि प्रदर्शित फिल्म हो । फिल्मलाई सार्वजनिक प्रदर्शनमा भने दर्शकको साथ मिलेको थियो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठिन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जन पूर्ण र यादगार बनोस् भनेर यो फिल्म निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’ अभिनेता लामिछानेले बताए ।

    सिनेमा घर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध हुनेछ ।
     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij