काठमाडौं । बलिउड सुपरर्स्टार सलमान खानको राधेले नयाँ रेकर्ड ब्रेक गरेको छ । एक दिनमै ४.२ मिलियन भ्यूज ल्याएको राधे रिलिज भएकै दिन सबै भन्दा धेरै हेरिएको फिल्म बनेको छ । भारतमा मात्र नभई सलमान खानको राधे फिल्क नेपाल, भुटान लगाएत अन्तर्राष्ट्रिय बजारमा रिलीज भएको थियो ।
राधेले दुबाईमा एकै दिनमा मात्रै ३ लाख ७९ हजार अमेरीकी डलर कमाएको छ । त्यस्तै, भारत भर २ करोड ७७ लाख ७२ हजार ७ सय ७८ रुपैया कलेक्सन भएको रिपोर्ट छ ।