Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

  • काठमाडौं । भन्सार विभागलेलामो समयपछि भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको हो । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सको लागि आवेदन माग गरिएको हो ।  भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

    images
    images
    images

    त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी नयाँ भन्सार एजेन्टको आवेदन खोलेको हो । के चाहिन्छ एजेन्ट बन्न रु भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ । प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । २०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन ।

    images

    काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो । भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र अनलाइनबा नै दरखास्त दिन सकिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij