
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौँ । रौतहट प्रहरीले गौरबाट लागूऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ।
गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित युवकलाई पक्राउ गरेको हो।
स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुलसहित पक्राउ गरिएको रौतहट प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए।
उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ। भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij