
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख) २ जना, सहायक ५ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो ।
सुपरभाईज/वरिष्ठ सहायक (शाखा प्रमुख) का लागि स्नातक उत्तीर्ण गरी लघुवित्तमा २ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी ३ वर्ष काम गरेको हुनु पर्नेछ ।
त्यस्तै सहायकका लागि प्रविणता प्रमाणपत्र तह वा प्लसटू उत्तीर्ण गरी लघवित्तमा २ वर्ष कनिष्ठ सहायकको रूपमा काम गरेको र कनिष्ठ सहायकका लागि एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तमा १ वर्षको काम गरेको हुनु पर्नेछ ।
उमेरको हकमा पुरुषका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । कम्प्यूटर सम्बन्धी ज्ञान भएका र बाइकको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij