
May 02 2025 | २०८२, वैशाख १९ गते
कुलमान योन्जन तामाङ,काठमाडौँ । नव गायक सविन चौहान र सन्ध्या बुढा (काउलि बुढी)को स्वरमा रहेको ‘वनमा बयर पाक्यो’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार गायक सविन चौहानको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा वालकपनमा गरेका रमाइला क्रीयाकलापदेखी युवापुस्ताको माया,प्रेमसम्मलाई देखाउन खोजिएको छ ।
डिपी खनालको शब्दमा रहेको गीतलाई शंकर थापाले संगीत दिएका छन् । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने मिलन बिस्वकर्माले भिडियोको सम्पादन गरेका छन् ।
भिडियोमा टिकटक स्टारका रुपमा परिचित जुम्ल्याहा दिदिबहिनी स्मारिकारसमारिका दाहाल ,मोडल रोनी, डिमोन छेत्रीको अभिनय रहेको छ भने बाल कलाकारमा स्नेहा चौलागाईं र सर्वाग्य केसी रहेका छन् ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij