Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी

डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी

  • काठमाडौं । डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित भएकी छिन् । मानिसको सौन्दर्य र छालासम्बन्धी उपचारका लागि डिकस्मो नेपाल अमेरिकन एस्थेटिकले गायिका जोशीलाई नारी दिवसको अवसरमा ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । डिकस्मो नेपालकी संचालिका संगीता पुरी र गायिका जोशीले ललितपुरको हिमालय होटलमा आयोजित विशेष समारोहमा समझादारी पत्रमा हस्ताक्षर गरेका छन् । यस संगै गायिका जोशीले डिकस्मो नेपालको प्रमोशन तथा प्रवद्र्धनका लागि काम गर्ने छिन् । अमेरिकन सौन्दर्यको उत्कृष्ट डिकोस्मो नेपालले छालासँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान एउटै छानामुनि गर्ने प्रवन्ध निर्देशक आलोक क्षेत्रीले  जानकारी दिए । डिकोस्मो नेपालले पूर्ण सावधानी अपनाएर गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।

    images
    images
    images

    डिकोस्मो नेपालमा छालाको रङको उपचार, कोठीको उपचार, चायाँपोतोको उपचार, दाँत टल्काउने, घामले डढ्नबाट केयर, छालाको दागहरुको उपचार, डन्डिफोर र घाउका दागहरुको उपचार हुन्छ । त्यसैगरी डिकस्मो छालाको हेरचाह, फुस्रोपना र चाउरिपनालगायतका समस्या समाधान गरिने जनाइएको छ । ‘कम्पनीको लक्ष्य अन्र्तराष्ट्रिय ब्राण्ड तथा गुणस्तर प्रयोग गरेर सम्पुर्ण छालासँग सम्बन्धित समस्याहरुको समाधान गर्नु हो’ संचालिका पुरीले जानकारी दिइन् । पुरी नेपालको स्किन केयर क्षेत्रको प्रख्यात नाम हो । नेपालीहरुका लागि डिकस्मो नेपालले अझ उत्कृष्ट र खुशीका सन्देशहरु लिएर आउने पुरीले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij