
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौंँ । नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा फिल्म ‘मिरर’ निर्माण हुने भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको छ । कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । चलचित्र बिकाश बोडमा समेत दर्ता भएको फिल्मको बिषयबस्तु भने अहिले सार्वजनिक गरिएको छैन ।
वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए । आर्यन र उपासनाले अहिले फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरिरहेका छन् । यो फिल्म सकिएपछि आर्यनले कविराजको ‘मिरर’मा समय दिने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij