Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘पोइ पऱ्यो काले’को सिक्वेलमा दिक्पाल कार्की अनुबन्धित

‘पोइ पऱ्यो काले’को सिक्वेलमा दिक्पाल कार्की अनुबन्धित

  • काठमाडौं । ‘पोइ पऱ्यो काले’को सिक्वेलमा अभिनेता तथा मोडल दिक्पाल कार्की अनुबन्धित भएका छन् । कार्कीले आफ्नो जन्मदिनको अवसरमा आफू ‘पोइ पऱ्यो काले’को सिक्वेलमा अनुबन्धित भएको जानकारी गराएका हुन् ।

    images
    images
    images

    ‘मेरो जन्मदिनमा शुभकामना दिनुहुने सम्पूर्ण साथीभाई, आफन्त र शुभचिन्तकहरुमा धन्यवाद दिँदै लामो पर्खाइपछि नयाँ चलचित्रमा अनुबन्धित भएको जानकारी यहाँहरुमा दिन चाहान्छु,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

    सो चलचित्र शिशिर राणाको निर्माण तथा निर्देशनमा बन्न लागेको हो । यसअघि दुई वटा चलचित्रमा मुख्य भूमिका निभाइसकेका कार्कीले करिव छ वर्षपछि नयाँ चलचित्रमा अभिनय गर्न लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij