
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । सोमबार बलिउडकी चर्चित अभिनेत्री दीया मिर्जा विवाह बन्धनमा बाँधिएकी छिन् । दीयाको यो दोस्रो विवाह हो । उनी व्यापारी वैभव रेखीसँग विवाह बन्धनमा बाँधिएकी हुन् । उनको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । तस्बिरमा दीया रातो रङको बनारसी साडीमा निकै आकर्षक देखिएको छ । विवाहमा वैधव भने सेतो सेरवानीमा सजिएका छन् ।
सोमबार साझँ भएको सो विवाह कार्यक्रममा केही साथिहरु र परिवारका सदस्यहरु सहभागी भएका थिए । केही समयदेखि प्रेम सम्बन्ध रहेका दिनया र वैभवले कोरोना महामारीको समयमा सँगै समय बिताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij