
May 02 2025 | २०८२, वैशाख १९ गते
ललितपुर । मोडलिङ प्रतियोगिता ‘द फेस’ को उपाधि युद्ध बानियाँ र क्रान्ति चन्दले जितेका छन् । ललितपुरको झम्सिखेलस्थित अर्बन पार्टी हबमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दे युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि जित्न सफल भएका हुन् ।
प्रतिस्पर्धामा कृपा अधिकारी र शितल श्रेष्ठले फस्ट रनर्सअप तथा स्विकृति प्याकुरेल र हेमन जोशीले सेकेन्ड रनर्स अप उपाधि जिते भने बेस्ट फ्रेण्डली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, पब्लिक च्वाईस तथा बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले तथा पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाासिल गरे ।
वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार आयोजना गरेको प्रतियोगिताको निर्णायकमा अभिनेता अनुप बिक्रम शाही, मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दास तथा फोटोग्राफर राजभाई सुवाल थिए ।
ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेशन, लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनहरुमा सजिएर प्रतियोगीहरु ऱ्याम्पमा उत्रिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij