काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । सूचना निकाल्दै निर्वाचन अधिकृत अङ्गदमणि गौतमले चैत १३ गते स्ववियु चुनाव हुने जानकारी दिए । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
चैत ५ गते स्ववियु निर्वाचन तोकिएपनि तालबन्दीका कारण स्थगित भएको थियो ।