Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

उपमहानगरको गाडीले दियो स्कुटरलाई ठक्कर !

उपमहानगरको गाडीले दियो स्कुटरलाई ठक्कर !

  • काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको गाडी चलाउन सिक्दै गरेकी एक जना कर्मचारीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार बिहान साढे ९ बजेतिर उपमहानगरको यान्त्रिक शाखा प्रमुख तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख ४२ वर्षीया रेवा राउतले गाडी चलाउन सिक्नेक्रममा एउटा स्कुटरलाई ठक्कर दिएको हो ।

    ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएको इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
    तुलसीपुर–५ का ४२ वर्षीय शंकर रेग्मी र उनका नातिनी ४ वर्षीया प्रिन्स बुढाथोकी घाइते भएका छन् ।

    उनीहरू दुबै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक तुलसीपुर–६ की रावत र गाडी प्रहरीको नियन्त्रणमा छन् ।

    तुलसीपुरका मेयर टीकाराम खड्काले चैत अन्त्यमा झन्डै एक करोडमा नयाँ गाडी किनेपछि उक्त पुरानो गाडी प्रयोग गर्न छोडेका थिए ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij