
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभाको बैठक बुधबार सुरु हुनेबित्तिकै स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारका तर्फबाट कोहि पनि उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारले सदनलाई हेपिरहेको आरोप लगाए ।
उनले नियमावलीको अभ्यास अनुसार मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्न नमिल्ने बताएपछि सभामुख देवराज घिमिरेल १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij