
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् । केही समयलाई अध्ययन बिदा बसेका झा आजदेखि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।
उनले भनेको छन्, ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’
झा बिदामा बसेपछि कार्यवाहक प्रवक्ताको भूमिका सहप्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij