
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार पूर्णबहादुरलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
शीतल निवासले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij