Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

कानुन उल्लंघन गर्ने चार नेपालीलाई स्पेनद्धारा निष्कासन

कानुन उल्लंघन गर्ने चार नेपालीलाई स्पेनद्धारा निष्कासन

  • काठमाडौं । कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो ।

    images
    images
    images

    स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँची तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो । निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन् । राना 'ओभरस्टे' गरेको आरोपमा निष्कासनमा परे पनि बाँकी तीन जनालाई कुन कानुनअन्तर्गत निष्कासन गरिएको भन्ने विषय खुलाइएको छैन । 

    दलाल र आकर्षक कमाइको प्रलोभनमा परेर नेपालीहरू युरोप पुग्ने गरेका छन् । तर, त्यहाँको कानुनबारे जानकार नहुँदा नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । गत माघमा स्पेनले ८ जना नेपालीलाई निष्कासन गरेको थियो । पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij