Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

आन्दोलनको घोषणा

अनिश्चितकालीन आन्दोलनको घोषणा

अनिश्चितकालीन आन्दोलनको घोषणा

‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो ।

  • काठमाडौँ । आगामी जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो ।

    images
    images
    images

    घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने-‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ ।

    राजावादीहरुले तीन सुत्रीय माग पनि जारी गरेका छन् । जसमा पहिलो सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यता अनुरुप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार हुनुपर्ने रहेको छ ।

    साथै समितिले आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरुप हुने बताएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij