
May 08 2025 | २०८२, वैशाख २५ गते
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
काठमाडौं । सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् ।
तिनपाटन गाउँपालिका -२ स्थित भिमस्थान स्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ । अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ ।
भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij