
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिका- ५ उधामा कुटपिट गरी सासूको ज्यान लिने बुहारी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा स्थानीय सञ्जीव मण्डलकी श्रीमती ३५ वर्षीया रक्षाकुमारी मण्डल छिन् । उनलाई इलाका प्रहरी कार्यालय खजुरीको टोलीले मंगलबार राति पक्राउ गरेको हो ।
घरायसी विवादमा ६५ वर्षीया समुन्द्री देवीलाई कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको जानकारी पाएपछि तत्कालै प्रहरी पुगेर कुटपिट गर्ने बुहारी रक्षाकुमारीलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij