काठमाडौं । पाइप फुटेर पानी पसेपछि बबरमहल क्षेत्र जगमग्न बनेको छ । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि पानीले विशेष अदालतलगायत सरकारी भवन जलमग्न बनेका छन् ।
पानी जमेर त्यहाँ रहेका सवारी साधनसमेत डुबेका छन् । अधिक पानीका कारणा आवागमनमा समस्या भएको बताइएको छ ।