
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij