Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से परिसूचक १५ अङ्कले घट्यो

नेप्से परिसूचक १५ अङ्कले घट्यो

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij