
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सिद्वदेवी मावि पिपलबोटेका शिक्षक राजकुमार नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शिक्षक नेम्वाङले फिदिम नगरपालिका-१ सुन्तली चोकमा आफ्ना अविभावकसँग बस्दै आएकी १५ वर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएकाे छ ।
नेम्वाङले आइतबार राती आफुलाई जवरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दर्ता गराएकी थिइन् ।
उक्त उजुरीका आधारमा नेम्वाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij