Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

नेपाल एमेच्योर गल्फ मंगलबारदेखि

नेपाल एमेच्योर गल्फ मंगलबारदेखि

  • काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ ।

    images
    images
    images

    यही जेठ २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ५४ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष टासी घलेले जानकारी दिए । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भूटान र भारतका खेलाडी सहभागी हुनेछन् । पुरुषतर्फ व्यक्तिगत र टिम प्रतिस्पर्धा हुनेछ ।

    images

    त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ । प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

    वर्ल्ड एमेच्योर गल्फ र्‍याङिकद्वारा मान्यता प्राप्त उक्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घलेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij