
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।
यसअघि, अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी थिइन् – ‘प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम “कानूनको पालना गर्न असफल भएको कारणले” निलम्बन गरेको छ ।’
हार्वर्ड विश्वविद्यालयले एक विज्ञप्तिमा ट्रम्पको कदमलाई ‘अवैध’ भनेको थियो । ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्छ ।
हार्वर्ड विश्वविद्यालयको तथ्याङ्क अनुसार, गत शैक्षिक वर्षमा छ हजार सात सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भर्ना लिएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij