
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाका विभिन्न स्थानबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल बिओपी काकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका ६ बाट ५० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थालाले बताए ।
पक्राउ पर्नेहरुमा सुनसरी धरान १७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका २ का २८ वर्षीय अरुण सुब्बा लिम्बु रहेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी थापाले जानकारी दिए ।
यसैगरी, झापाको दमकबाट १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दमक नगरपालिका ३ का २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् । दुवैको साथमा रहेको ५ थान मोबाइल सेट पनि प्रहरीले बरामद गरेको छ ।
डिएसपी थापाका अनुसार यस विषयमा पनि थप अनुसन्धान अगाडि बढाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij