
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र र ब्लू बुकसम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने काम शुरू गरेको छ ।
यसअनुसार अब सेवाग्राहीले अनलाइनबाटै नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा लिन सक्नेछन् ।
बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले edl.bagamati.gov.np नामको वेबसाइटबाट यो सेवा सञ्चालनमा ल्याएको हो ।
यस्तै, ब्लू बुक क्यूआर प्रणालीमार्फत गाडीको विवरण जाँच, ब्लू बुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।
यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लू बुक देखाउन सक्नेछन् । ब्लू बुकमै समावेश गरिएको क्यूआर कोड स्क्यान गरेर गाडीको विवरण सजिलै हेर्न सकिन्छ ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र ब्लू बुक क्यूआर प्रणालीमार्फत अनलाइन सेवा शुरू गरिएको मन्त्रालयले जनाएको छ ।
यी प्रणाली कार्यान्वयनसँगै सेवामा पारदर्शिता बढ्ने, बिचौलियाको प्रभाव घट्ने र आम नागरिकको पहुँच अझ प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij