
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।
एक साताको भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र उनका समकक्षी धामीबिच देहरादुनमा दुबैबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका नागरिकबिच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल गरिएको थियो ।
नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा भौगोलिक मात्रै नभई भावनात्मक र सांस्कृतिक गहिराइबाट पनि जोडिएको छ । दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको भन्दै त्यसको संरक्षण र प्रवर्द्धनका विषयमा कुराकानी भयो।
वर्षौदेखि आपसी एकता र विश्वासलाई अझ बलियो गर्दै बनाउने विषयमा दुवै मुख्यमन्त्रीले एकमत जाहेर गरेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij