
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । कैलालीमा हायस र बस एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
डडेल्धुराबाट धनगढी जाँदै गरेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको हायस र धनगढीबाट बझाङतर्फ आइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएको हो ।
दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
घाइते हुनेमा हायस चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, हायसमा सवार सोही स्थानकी ९ वर्षीया प्रतीक्षासिञ्जा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट छन् ।
उनीहरूको धनगढीमा उपचार भइरहेको छ । अरु यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij