
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । पहलगाम आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध अर्को ठूलो कदम चालेको छ ।
भारतले पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालयले एक सूचना जारी गर्दै यो प्रतिबन्धलाई सकेसम्म चाँडो कार्यान्वयन गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मे २ मा जारी गरिएको यस सूचनाअनुसार विदेश व्यापार नीति (FTP) २०२३ मा एउटा प्रावधान थपिएको छ, जसअन्तर्गत पाकिस्तानबाट आउने सबै प्रकारका आयातहरू रोकिनेछ ।
विदेश व्यापार महानिर्देशनालय (DGFT) ले सूचनामा यो प्रतिबन्धको कारण पनि स्पष्ट पारेको छ । भनिएको छ, “राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिहरूलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।”
यद्यपि, अझै पनि पाकिस्तानबाट भारतमा कुनै आयात भएमा, यसको लागि भारत सरकारबाट अनुमति लिनु पर्नेछ । सरकारको आदेश बिना पाकिस्तानले भारतमा केही पठाउन सक्दैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij