
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । संघीय संसद्का कर्मचारी अतिरिक्त भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संसद्का कर्मचारीले ११ बुँदे माग राखेर शुक्रबार सिंहदरबारभित्र एक घण्टा उभिएर आन्दोलन गरे ।
कर्मचारी युनियनको अगुवाइमा आन्दोलनमा उत्रेका उनीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । कर्मचारीले माग सम्बोधन नभए असार २ गते थप आन्दोलन कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
कोरोना महामारीको अवधिदेखि तलबभत्ता वृद्धि नभएको गुनासो गर्दै संघीय संसदका कर्मचतारीले यतिबेला अतिरिक्त कामको मात्र भत्ता मागेको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij