Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

जसपा नेपालको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

जसपा नेपालको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।

    images
    images
    images

    महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुदै छन् भने एक लाख कार्याकर्ता पनि महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ ।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij