Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

इन्द्रजात्रा

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ ।

  • काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ ।

    images
    images
    images

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

    images

    गुठी संस्थानका अनुसार लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने छ भने भाद्र २१ गते इन्द्रजात्रा मनाइने भएको छ । जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ ।

    तीनै वटा रथ तान्न सुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij