
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौँ अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौँ अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुँदा झाले अध्यक्ष पदमा धनेन्द्र केसीलाई पराजित गरेका हुन् ।
झाले १ हजार ३१५ मत प्राप्त गर्दा केसीले १ हजार २ मतमा सीमित भएका थिए ।
उपाध्यक्षमा मदन पुरी १ हजार २८० मतसहित विजयी भए भने महासचिवमा झा पक्षका प्रत्यासी सुदर्शन शर्मा १ हजार १७४ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी भूपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत पाए ।
त्यसैगरी उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भए भने कोषाध्यक्षमा रस्मिता बञ्जारा चयन भएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij