Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण वरपर जङ्गली जनावरको त्रास

चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण वरपर जङ्गली जनावरको त्रास

  • धरान । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उहाँको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विहान घरनजिक शव भेटियो । 

    images
    images
    images

    एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । त्यो पनि एउटै हात्तीको आक्रमणबाट । कोशी टप्पु वन्यजन्त आरक्षणको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जङ्गली जनावरको आक्रमणको चपेटामा परेको छ । प्रमोद र मोतीलालजस्ताको दैनिकजसो मृत्यु हुने गरेको छ । आरक्षणबाट आएका जङ्गली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान स्थानीयवासीमा छैन । 

    जङ्गली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्छन् । राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन् । आरक्षण प्रशासनले पनि कुनै सुनुवाई अहिलेसम्म गरेको छैन । 

    प्रमोद यादवको मकुना नामको हात्तीको आक्रमणमा परी मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो । उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालेको थियो । सोही बमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो । मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दैगर्दा सोमबार त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भएपछि स्थानीयवासीमा पुनः त्रास फैलिएको छ ।  

    गत मङ्सिर २९ गतेको यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ । यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिनुभयो । अव पनि जङ्गली जनावरको आक्रमण रोक्न आरक्षणले कुनै पहलकदमी नगरे आरक्षण र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उहाँको भनाइ छ । 

    कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटक पटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उहाँहरुको कुरा सुनेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij