
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट अस्पतालमा सेवा सुविधामा छुट दिने सम्झौता गरिएको छ ।
छुट सुविधा लिनका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने छ
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले चिरायु हस्पिटलमा उपचार गर्दा अन्तरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij