Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महोत्तरीका अग्निपीडितलाई काठमाडौँ महानगरले १० लाख सहयोग गर्ने

महोत्तरीका अग्निपीडितलाई काठमाडौँ महानगरले १० लाख सहयोग गर्ने

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    images
    images
    images

    महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महोत्तरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहाको पुख्र्यौली गाउँ हो ।

    उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ । जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो ।

    आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij