
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् ।
लामो समयदेखि चाटर्ड अकाउन्टेन्ट (सीए) रहेका अर्याललाई गत बुधबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो ।
साढे २ वर्ष अघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटिको संयोजक पनि हुन् ।
संस्थाका अध्यक्ष वीरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij