Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागूऔषध

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित तीन जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

  • काठमाडौं । खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित तीन जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने ४७ वर्षीय चन्द्रबहादुर तामाङ र २५ वर्षीय सुभाष तामाङ छन्।

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij