
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij