Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

शिष्टाचार भेटघाट

राजदूत र सामाजिक विकास मन्त्री बीच भेटघाट

राजदूत र सामाजिक विकास मन्त्री बीच भेटघाट

राजदूत डा. ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

  • काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

    images
    images
    images

    भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास विशेषगरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावना बारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

    राजदूत मेउलीले स्वीजरल्याण्ड सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको बताइन् । मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij